रास्वपाभित्र रवि र बालेनबीच कडा संघर्ष चलिरहेको छः वर्षमान पुन

रास्वपाभित्र रवि र बालेनबीच कडा संघर्ष चलिरहेको छः वर्षमान पुन


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी भित्र सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० बीच आन्तरिक संघर्ष चलिरहेको दाबी गर्नुभएको छ।
दैलेखमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै नेता पुनले अदालत, प्रहरी प्रशासन र मिडियामा समेत उक्त संघर्षको असर देखिएको तथा सरकार विधि र कानुनभन्दा बाहिर गएर स्वेच्छाचारी ढंगले चलेको आरोप लगाउनुभएको हो।