देशबाहिर रहेकामाथि पक्राउ पुर्जीको तमासा कि ध्यान मोड्ने खेल ?

देशबाहिर रहेकामाथि पक्राउ पुर्जीको तमासा कि ध्यान मोड्ने खेल ?


काठमाडौं । आरोपित देशबाहिर रहेको अवस्थामा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको विषयले कानुनी प्रक्रियासँगै सरकारको नियत र विश्वसनीयतामाथि पनि प्रश्न उठाएको छ।

संस्थागत प्रणाली र विधिको शासन कमजोर भइरहेका बेला छानबिन र कारबाहीलाई पारदर्शी र निष्पक्ष नबनाउँदा त्यो ध्यान मोड्ने र आफ्ना कमजोरी लुकाउने खेलजस्तो देखिने विश्लेषण हुन थालेको छ।

वैदेशिक रोजगारीका नाममा श्रमिक ठगी र गैरकानुनी रकम निकासीको आरोपमा छानबिन र कारबाही त कानुनी प्रक्रियाअनुसार हुनैपर्छ। तर, जब आरोपित देशबाहिर रहेको अवस्थामा पक्राउ पुर्जीको तमासा रचिन्छ र राज्यका संयन्त्रहरू कहिले कसरी चलाइन्छन् भन्नेमा गम्भीर शङ्का उब्जिन्छ— तब त्यो न्यायभन्दा बढी ध्यान मोड्ने र आफ्ना कमजोरी छोप्ने दाउजस्तो देखिन थाल्छ।

प्रशासनिक पक्षाघात, शक्तिसङ्घर्ष र छनोटपूर्ण शैलीले संस्थागत थिति भत्काउँदा कानुनी कारबाहीको विश्वसनीयता नै धरापमा पर्छ। जहाँ विधिको शासनभन्दा स्टन्ट हाबी हुन्छ, त्यहाँ कारबाही पनि प्रश्नकै घेरामा पर्छ।