एकै वर्षमा महँगी दरको छलाङ: नागरिकको चुल्हो निभ्दै

एकै वर्षमा महँगी दरको छलाङ: नागरिकको चुल्हो निभ्दै


काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको १.६८ प्रतिशतबाट बढेर ५.९६ प्रतिशत पुगेको छ।

खाद्य तथा पेय पदार्थ समूहमा ६.७७ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहमा ५.५२ प्रतिशत मूल्यवृद्धि देखिएको छ।

विशेषगरी घिउ तथा तेल १५.६२ प्रतिशत, फलफूल १५.३९ प्रतिशत, माछा तथा मासु ८.६५ प्रतिशत, तरकारी ६.९० प्रतिशत र यातायात क्षेत्र १३.१७ प्रतिशतले महँगिएको राष्ट्र बैंकले जनाएको छ।