मलानले उकासे चितवनको इनिङ्स, सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य

मलानले उकासे चितवनको इनिङ्स, सुदूरपश्चिमलाई १३४ रनको लक्ष्य


काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो ।

चितवनका लागि मलानले अविजित ७१ रन बनाए । उनले ५१ बलमा ९ चौका र २ छक्का प्रहार गरे । सुरुवातदेखि नै दबाबमा परेको चितवनको इनिङ्स मलानले सम्हालेका थिए । सलाहुद्दिन खानले १८ रन बनाए ।

चितवनका कमल ऐरीले १०, कप्तान रवि बोपारा १, कामिल मिसारा ४, देव खनाल ६, विवेक यादव ३, कुशल मल्ल १ र उसामा मिर २ रनमा आउट भए ।

सुदूरपश्चिमका स्कट कुगेलेइनले ३ विकेट लिए । थारिन्दु रत्नायकेले २ तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र ईशान पाण्डेले समान एक-एक विकेट लिए ।