शिक्षकहरु अधिकारका लागि सडकमा आउनु दुर्भाग्य, यो आन्दोलन आजै टुंग्याउँ : डा. कोइराला

शिक्षकहरु अधिकारका लागि सडकमा आउनु दुर्भाग्य, यो आन्दोलन आजै टुंग्याउँ : डा. कोइराला


काठमाडौं ।

नेपाली कांग्रेसमा नेता डा. शेखर कोइरालाले शिक्षकहरूका माग  तुरुन्त सम्बोधन गर्नु पर्ने बताएका छन् । 

उनले सामाजिक सञ्जाल मार्फत शिक्षकहरूका मागहरू केही व्यवहारिक, कानूनी र संवैधानिक रहेको भन्दै आजै सहमतिमा टुंग्याउनु पर्ने बताएका हुन्  । 

उनी भन्छन् दक्ष जनशक्ति उत्पादनमा तल्लो कक्षाबाटै राम्रो शिक्षा दिनुपर्छ ।
व्यवहारिक कारणले त्यसो हुन सकेको देखिन्न । यस्ता मागहरू तुरुन्त सम्बोधन गरौँ । कानूनी रुपमा शिक्षा क्षेत्र सबल गराउन शिक्षकहरूको भूमिकाको उच्च मूल्यांकन गर्दै विधेयकमा आवश्यक प्रावधान समेटौँ र यो आन्दोलन आजै सहमतिमा टुंग्याउँ । 

उनले शिक्षकहरु विद्यालय बन्द गरेर आफ्नो अधिकारका लागि सडकमा आउँन बाध्य हुनु दुर्भाग्य भएको बताउँदै यस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार भएर तुरुन्त समस्या समाधान गर्नु पर्ने बताए ।