गौहत्या र तस्करीविरुद्ध अब सडकमै उत्रिनुपर्छः खुश्बु ओली

गौहत्या र तस्करीविरुद्ध अब सडकमै उत्रिनुपर्छः खुश्बु ओली


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सदन र सडक दुवै माध्यमबाट सशक्त आवाज उठाउनुपर्ने बताउनुभएको छ।

नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद ओलीले मठमन्दिरमा दर्शन गर्न आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दू राष्ट्रका पक्षमा दबाब दिन धार्मिक गुरुहरूलाई आग्रह गर्नुभयो। मन्दिरमा आउने नेताहरूलाई हाम्रो हिन्दू राष्ट्र खोइ  भनेर सिधै प्रश्न गर्नुपर्ने उहाँको भनाइ छ।

हिन्दू समुदायका पक्षमा समयमै आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको स्वीकार गर्दै सांसद ओलीले अब कमजोरी सुधारेर अघि बढ्ने समय आएको उल्लेख गर्नुभयो। उहाँले गौहत्या, गौतस्करी तथा हिन्दू समुदायमाथि हुने हिंसाका घटनाविरुद्ध मौन नबसी सडकमै उत्रिएर विरोध र खबरदारी गर्नुपर्ने बताउनुभयो।
हिन्दू समुदायको व्यावहारिक रूपमै रक्षा गर्न संगठनले सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै सांसद ओलीले सदनभित्र राप्रपाले निरन्तर आवाज उठाउने र सदनबाहिरबाट धार्मिक गुरु तथा सनातनी समुदायले साथ दिनुपर्ने अपिल गर्नुभएको छ।