सुशासन र भ्रष्टाचार अन्त्य सरकारको प्रमुख आवश्यकताः सभामुख अर्याल

सुशासन र भ्रष्टाचार अन्त्य सरकारको प्रमुख आवश्यकताः सभामुख अर्याल


काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन स्थापित गर्नु सरकारको प्रमुख आवश्यकता भएको बताएका छन् ।
आईतवार काठमाडौंमा बाह्रखरी मिडियाको आठौँ संस्करणको कथा प्रतियोगिताका विजयीहरुलाई पुरस्कार प्रदान गर्दै उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, प्रतिवद्धता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताएका हुन् ।
सभामुख अर्यालले २०८२ भदौ २३ र २४ गतेको विद्रोहले नेपाली राजनीतिमा महत्वपूर्ण परिवर्तनको आधार तयार गरेको उल्लेख गर्दै युवा नेतृत्वको अगुवाइमा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो जनमतसहित शासन सञ्चालनको जिम्मेवारीमा पुगेको बताए ।