दिल्ली वार्ता: नेपाललाई २ खर्ब ४० अर्ब, २ बन्दरगाह र आइआइटी क्याम्पस

दिल्ली वार्ता: नेपाललाई २ खर्ब ४० अर्ब, २ बन्दरगाह र आइआइटी क्याम्पस


काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता प्याकेज घोषणा गरेको छ।

हैदरावाद हाउसमा भएको भेटवार्तापछि नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि भारतका कान्डला र पारादीप बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको छ। यस्तै, भारतीय प्रधानमन्त्री मोदीले नेपालमा आइआइटी क्याम्पस, स्टार्टअप केन्द्र र कृषि औद्योगिक पार्क स्थापना गर्न सहयोग गर्ने घोषणा गर्नुभएको छ।

भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले जनकपुर–अयोध्या सिधा रेल सेवा र दार्चुला–धार्चुला मोटरेबल पुलको उद्घाटन गर्नुका साथै ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गर्नुभएको छ।

वार्तापछि दुई देशबीच शिक्षा, स्वास्थ्य, स्याटेलाइट सञ्चार र प्रहरी तालिमलगायत ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।