प्रधानमन्त्री बालेनको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रीहरूको वरीयता परिवर्तन

प्रधानमन्त्री बालेनको सिफारिसमा राष्ट्रपतिद्वारा मन्त्रीहरूको वरीयता परिवर्तन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री शाहको सिफारिसमा बिहीबार मन्त्रिपरिषद्का सदस्यहरूको वरीयता परिवर्तन गर्नुभएको हो।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सातौँ स्थानबाट चार स्थान उक्लिँदै तेस्रो मर्यादाक्रममा पुग्नुभएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमै यथावत् रहँदा गौतम तेस्रो स्थानमा उक्लिएपछि परराष्ट्रमन्त्री शिशिर खनाल चौथो, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा झर्नुभएको छ। अन्य मन्त्रीहरूको मर्यादाक्रम भने यथावत् राखिएको छ।