काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गराउन खोजे देश फेरि राजनीतिक दुर्घटनामा जान सक्ने चेतावनी दिनुभएको छ।
बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संविधान र कानुनअनुसार दुवै तहका सरकारले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने बताउनुभएको हो।
स्थानीय तहको कार्यकाल जेठ ५ गतेसम्म रहेकाले वैशाखमा स्थानीय तहको र प्रदेश सभाको अवधि मंसिर पहिलो हप्तासम्म रहेकाले कात्तिक वा मंसिरको पहिलो साताभित्र प्रदेशको निर्वाचन हुनुपर्ने प्रचण्डको भनाइ छ।
दुवै निर्वाचन एकैचोटि गर्दा संविधान मिचिने र मुलुकमा अस्थिरता निम्तिने उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षाका लागि १२ बुँदे समझदारी तथा संविधानसभाका पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया