नेपालमा मात्रै नेता बुढो हुन्छन् कि क्या हो ?

नेपालमा मात्रै नेता बुढो हुन्छन् कि क्या हो ?


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुस्तान्तरणको बहस गर्नेहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिँदै व्यङ्ग्य गर्नुभएको छ।
नेपाल प्रेसका अनुसार बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले अरू देशमा नेता बुढो नहुने तर नेपालमा मात्रै बुढो हुन्छन् कि क्या हो भन्दै प्रश्न गर्नुभएको हो। ८० वर्ष नाघेका ट्रम्प र आफूभन्दा करिब दुई वर्ष जेठा मोदी अझै सक्रिय नेतृत्वमा रहँदा कसैलाई समस्या नभएको तर नेपालमा मात्रै उमेरको प्रश्न उठाइएको उहाँको गुनासो छ।
मोदी प्रधानमन्त्री भएको एक वर्षपछि आफू प्रधानमन्त्री बनेको स्मरण गर्दै ओलीले आफू चार पटक प्रधानमन्त्री भएर अपदस्थ भइसक्दा पनि मोदी अझै सत्तामै रहनुभएको उल्लेख गर्नुभयो।