लोकतन्त्र फिर्ता ल्याउन लोकतान्त्रिक शक्ति मिल्नुपर्छः केपी ओली

लोकतन्त्र फिर्ता ल्याउन लोकतान्त्रिक शक्ति मिल्नुपर्छः केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सत्ता र नेतृत्वबाट हटाउने खेल अस्ति भर्खर नभई करिब २० वर्षदेखि चलिरहेको दाबी गरेका छन् ।
बिहिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको भेटघाटमा अध्यक्ष ओलीले बङ्गलादेश र श्रीलङ्काको उदाहरण जोड्दै नेपालमा पनि विगतदेखि नै अस्थिरता र हटाउने योजना चल्दै आएको बताएका थिए ।
संविधान संशोधनको आवश्यकता, नाकाबन्दीका बेलाको अनुभव, प्रतिनिधि सभा विघटनको प्रसङ्ग, निर्वाचन तालिका तथा लोअर अरुण र मोतिहारी–अमलेखगञ्ज पाइपलाइनजस्ता परियोजनामा समेत उनले धारणा राखेका छन् ।
लोकतन्त्र फिर्ता ल्याउन लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिँदै ओलीले एमालेको नीति र डिजिटल नेपाल फ्रेमवर्कको योगदानबारे पनि प्रस्ट्याएका छन् ।