काठमाडौं । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले क्षति पुर्याएको क्षेत्रमा स्थानीय बासिन्दाले बाढीले बगाएका पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने कार्य जारी राखेका छन्।
वडाबाट गठित ३० जनाको समितिमार्फत प्रभावित क्षेत्रका बंगुर, बाख्रा तथा कुखुरापालन फार्महरूमा हराएका पशुका हड्डी तथा अवशेष खोजेर खाल्डोमा गाड्ने काम भइरहेको स्थानीय फूलबहादुर तामाङले बताउनुभयो।
बाढीले खेतीयोग्य जमिन, तरकारी खेती, खानेपानीका मुहान र पशुपालन व्यवसाय बगाएपछि माथिल्लो गाउँका कृषकहरूको आम्दानीको स्रोत गुमेको छ। अझै १०–१५ दिनसम्म खोजी कार्य जारी रहने जनाउँदै स्थानीयले सडक र खानेपानीको समस्यासँगै तत्काल जीविकोपार्जन तथा आयआर्जनको वातावरण बनाइदिन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया