सरकारको विरोधमा उत्रिन देशभक्तहरूलाई हर्क साम्पाङको आह्वान

सरकारको विरोधमा उत्रिन देशभक्तहरूलाई हर्क साम्पाङको आह्वान


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको विरोधमा उत्रिन देशभक्तहरूलाई आह्वान गरेका छन् ।
सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै अध्यक्ष साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्ने मतदाताहरूले समेत अब पश्चाताप गर्नुपर्ने टिप्पणी गरेका हुन् । सरकार जनअपेक्षाअनुसार चल्न नसकेको आरोप लगाउँदै उहाँले देशभक्त नागरिकहरू एकजुट भएर सडक र सामाजिक सञ्जालबाट दबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।