काठमाडौं । काठमाडौँको सार्वजनिक बसमा प्राणघातक हतियार एके–४७ राइफलको तस्बिरसहितको विज्ञापन टाँसिएको पाइएपछि कानुनी र सुरक्षाको विषयमा प्रश्न उठेको छ।
सार्वजनिक सवारीसाधनमा एके–४७ लेखिएको हतियारको प्रचार देखिएपछि विज्ञापन बोर्डका पूर्वअध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन नियमन ऐन २०७६ विपरीत यस्ता सामग्री राख्न नपाइने र तत्काल हटाएर कारबाही गर्नुपर्ने बताउनुभएको छ।
यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालकको ध्यान विचलित पार्ने र आपत्तिजनक सामग्री हटाउन निर्देशन तथा अनुगमन भइरहेको जनाउँदै अटेरी गरे सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने स्पष्ट पारेको छ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पनि सार्वजनिक सवारीसाधनमा यस्ता सामग्री राख्न नहुने र हट्नुपर्नेमा जोड दिनुभएको छ।

प्रतिक्रिया