काठमाडौं । रुपन्देहीको मायादेवी गाउँपालिकामा करिब ५६ वर्षपछि १४८ जनाले जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा प्राप्त गरेका छन्।
मायादेवी गाउँपालिका र नापी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीहरूलाई लालपुर्जा वितरण गरिएको हो।
२०२७ सालमा नापी भए पनि गाउँब्लकका रूपमा रहेका जग्गाको कानुनी स्वामित्व नहुँदा स्थानीयले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएका थिए। गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी र प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले बाँकी रहेका अन्य वडाका गाउँब्लकको काम पनि छिट्टै सम्पन्न गरी लालपुर्जा वितरणलाई निरन्तरता दिने बताउनुभएको छ।
५६ वर्षको प्रतीक्षापछि लालपुर्जा पाउँदा स्थानीयवासी हर्षित भएका छन्।

प्रतिक्रिया