गृहमन्त्री गुरुङ परम्परागत विवाह गर्दैः अमेरिकाको बसाइँ त्यागेर नेपाल फर्किइन् पत्नी

गृहमन्त्री गुरुङ परम्परागत विवाह गर्दैः अमेरिकाको बसाइँ त्यागेर नेपाल फर्किइन् पत्नी


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्षौँअघि गरेको अदालती विवाहलाई अब परम्परागत सांस्कृतिक विधिसहित पूर्णता दिने तयारी गरेका छन् ।
आउँदो मंसिर १७ वा १८ गते गृहजिल्ला गोरखामा दुवैतर्फका परिवारको उपस्थितिमा विवाह समारोह आयोजना गर्ने तयारी गरिएको हो। करिब सात–आठ वर्षअघि अदालतमा विवाह गरेपछि अमेरिका गएकी उनकी पत्नी हालै अमेरिकाको बसाइँ सधैँका लागि त्यागेर नेपाल फर्किएकी छन्। गृहमन्त्री गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निवासमै पुगेर विवाहको निम्तो दिइुकेका छन् । भने प्रधानमन्त्री बालेन्द्र शाहलाई पनि निम्त्याउन समय लिने प्रयास भइरहेको निकटस्थ स्रोतले जनाएको छ।