काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको नाम, झन्डा र रुख चिह्नको दुरुपयोग गरेको भन्दै उक्त गतिविधि रोक्न निर्वाचन आयोगलाई आग्रह गर्ने भएको छ।
सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकले देउवा समूहद्वारा मंसिर २१ गतेदेखि गर्न लागिएको समानान्तर महाधिवेशन रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निष्कर्ष निकालेको केन्द्रीय सदस्य बलदेव तिमिल्सिनाले जानकारी दिनुभयो।
१५औँ महाधिवेशनबाट निर्वाचित आधिकारिक कांग्रेस आफूहरू नै रहेको दाबी गर्दै बैठकले समानान्तर गतिविधिमा संलग्न जनप्रतिनिधिहरूलाई नियमित पार्टी काममा नफर्किए विधानबमोजिम अनुशासनको कारबाही गरी पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गर्ने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया