जेलको बसाइले थप आत्मविश्वास बढायोः टोपबहादुर रायमाझी

जेलको बसाइले थप आत्मविश्वास बढायोः टोपबहादुर रायमाझी


काठमाडौं । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले जेलको बसाइपछि आफूमा थप आत्मविश्वास बढेको बताउनुभएको छ।
विभिन्न राजनीतिक तथा कानुनी आरोह–अवरोह र कारागार बसाइको अनुभवबारे प्रतिक्रिया दिँदै नेता रायमाझीले जेल जीवनले आफूलाई कमजोर नभई झन् दृढ र आत्मविश्वासी बनाएको धारणा व्यक्त गर्नुभएको हो। कारागार बसाइका क्रममा राजनीतिक घटनाक्रम र जनसरोकारका विषयलाई नजिकबाट नियाल्ने अवसर पाएको उल्लेख गर्दै उहाँले आगामी दिनमा थप ऊर्जा र आत्मविश्वासका साथ सक्रिय रहने संकेत गर्नुभएको छ।