कांग्रेस वैधानिकताको प्रश्न सकियो: डिला संग्रौला

कांग्रेस वैधानिकताको प्रश्न सकियो: डिला संग्रौला

अनुशासनहीनतालाई छुट हुन्न


काठमाडौं । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टीभित्रको वैधानिकताको प्रश्न सदाका लागि समाप्त भइसकेको बताउँदै अब अनुशासनहीनतालाई कुनै पनि बहानामा छुट दिन नसकिने चेतावनी दिनुभएको छ।
सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री संग्रौलाले निर्वाचन आयोगले विधानसम्मत विवरण अद्यावधिक गरी आधिकारिकताको मान्यता दिइसकेकाले अब अदालत वा मुद्दा मामिलामा अल्झनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो। पार्टीको आधिकारिक निर्णयविरुद्ध विद्रोही उम्मेदवारी दिने वा असहयोग गर्ने जोकोहीलाई तत्काल कडा कारबाही गरिने सन्देश तल्लो तहसम्म प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ।