काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर ८ गतेदेखि सुरु भएको बैठक सम्पन्न भएको छ ।
पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठक सम्पन्न भएको कांग्रेसले जनाएको छ ।
बैठकका निर्णय शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए ।
बैठकमा उपसभापतिद्वय पुष्पा भुसाल र डा. चन्द्रकान्त भण्डारी, महामन्त्रीत्रय प्रदीप पौडेल, डा. डिला संग्रौला पन्त र उदयशम्शेर राणासहित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
बैठकमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसहित सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया