पारस खड्का क्रिकेट संघको सचिवमा उठ्ने

पारस खड्का क्रिकेट संघको सचिवमा उठ्ने


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान)को सचिवमा पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन् ।

आजबाट काठमाडौंमा सुरु भएको साधारणसभा मा उनले उक्त घोषणा गरेका हुन् ।

भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।

अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन् ।

उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

पारस बागमती प्रदेशका अध्यक्ष समेत हुन् ।