एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा

एनआईसी एशिया बैंकले डाक्यो साधारण सभा


काठमाडौं ।

एनआईसी एशिया बैंकले लाभांश पारित गर्न असोज २८ गते साधारण सभा डाकेको छ ।

आज बिहान बसेको सञ्चालक समितिको बैठकले बिहान ९ बजेदेखि आर्मी अफिसर्स क्लब भद्रकालीमा २६औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् ।

उक्त साधारण सभाले सञ्चालक समितिले आव २०७९/८० को नाफाबाट प्रस्ताव गरेको २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६३ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि असोज १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव कार्कीले जनाएका छन् ।