काठमाडौं महानगरले ल्यायाे ‘एक वडा : एक नमुना कार्यक्रम’

काठमाडौं महानगरले ल्यायाे ‘एक वडा : एक नमुना कार्यक्रम’


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तरराष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्थानीय स्तरमा नै निर्मित बस्तुहरूको बजारीकरणको लागी पनि महानगरले बजारीकरणको लागि सहयोग गर्ने भएको हो ।

जसका लागि महानगले ‘एक वडा : एक नमुना कार्यक्रम’ मार्फत मौलिक सिप र उत्पादनसँग जोडिएका बस्तु तथा उत्पादनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा परिचित गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मेयर बालेन शाहले पोस्ट सेयर गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका माटाका भाँडाकुँडा बनाउने, चित्रकला, मूर्तिकला, काष्ठकला, प्रस्तरकला, खानपान, बाद्य सामग्री निर्माण, पहिरन र शृङ्गारका सामाग्री निर्माण गर्ने उद्यमीहरूको जीवन पद्धति तथा आय व्यवस्थापनसँग जोडिएकोले यस्ता सम्भावनालाई आफ्नो वडामा वा महानगरपालिकाको सामाजिक विकास विभागमा लेखेर राख्न वा पृष्ठपोषण गर्न अनुरोध गरेका छन् ।