पहिरोमा पुरिएर एक मजदुरको मृत्यु, २ जना घाइते

पहिरोमा पुरिएर एक मजदुरको मृत्यु, २ जना घाइते


गुल्मी ।

गुल्मीमा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्युठान जिल्ला गौमुखी गाउँपालिका वडानम्वर ३ निवासी १७ वर्षका डोरबहादुर घर्ती रहेका छन् ।

रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा शेरबहादुर बेल्वासेको निर्माणधीन घर माथिबाट पहिरो खस्दा मजदुरको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर अरु २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी नवीनकिशोर प्रधानले जानकारी दिए ।

पहिरोमा परेर रेसुङ्गा नगरपालिका वडानम्वर–३ निवासी घरधनी ७९ वर्षका शेरबहादुर बेल्बासे र प्युठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्वर ३ निवासी २४ वर्षका टेकबहादुर घर्ती घाइते भएका प्रहरीले जनाएको छ ।

उनीहरु गुल्मी अस्पतालमा सामान्य उपचार पछि घर फर्केको प्रहरी जनाएको छ ।