दशैंमा एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने, कहिलेबाट ?

दशैंमा एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँ नयाँ नोट साट्न पाउने, कहिलेबाट ?


काठमाडौं ।

नेपाल राष्ट्र बैंकले यस वर्ष दशैंका लागि घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने तयारी गरेको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकको तयारी रहेको छ ।

राष्ट्र बैंकले दशैं–तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट कति आवश्यक पर्ने हो भनेर राष्ट्र बैंकका प्रादेशिक कार्यालय र नोट कोष सुविधा लिएका बैंकहरुबाट विवरण संकलन भइरहेको छ । विवरण संकलन भइसकेपछि वितरणको काम सुरु हुने छ ।

अघिल्ला २ वर्ष पनि राष्ट्र बैंकले प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट दिने गरेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुलाई भने उनीहरुको माग र ग्राहकको संख्या अनुसार नयाँ नोट उपलब्ध गराउने तयारी छ ।

याे पनि :- दसैँका लागि नयाँ नोट साट्न क्युआर कोड सेवा

दशैंका लागि चाँदीको सिक्का बजारमा , कति पर्छ मूल्य ?