मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छः मन्त्री किराती

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छः मन्त्री किराती


काठमाडौं ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् ।

मंगलबार समाजिक सञ्जालमार्फत् उनले गन्तव्यमा पुर्याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको जनाएका छन् ।

उनले लेखेका छन्, ‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखी बनायो । गन्तव्यमा पु¥याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाइएको छ ।’

आज बिहान मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सकहरू त्यहीँ रोकिएका थिए ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव मातृका यादवसहितका नेताहरूका कारण भिआइपीका लागि सिट जरूरी परेकाले पाँचजना चिकित्सकलाई लैजान नसकिने भनिएपछि सबै चिकित्सक आउन नमानेका हुन् ।

चिकित्सकहरूलाई त्यहीँ छाडेर विमान मुगुबाट उडेको थियो ।