जहाज खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

जहाज खरिद पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती


काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन् ।

 

मन्त्री किरातीले भने, “जहाज खरिदका विषयमा नकारात्मक टिप्पणी भइरहे पनि हामी पारदर्शीपूर्ण ढंगले प्रक्रिया अघि बढाइन्छ । कुनै किसिमको अनियमितता नहुनेमा म विश्वास दिलाउँछु ।”

निगमको आन्तरिक उडानका लागि आन्तरिक स्रोतबाटै ३ थान ट्विनअटर जहाज खरिद गर्न लागेको छ । निगमसँग हाल आन्तरिकतर्फ २ थान ट्विनअटर र अन्तर्राष्ट्रियतर्फ २ थान वाइड बडी र २ थान न्यारोबडी जहाज छन् ।