सहकारीको ३ करोड रुपैयाँ ठगी गर्ने प्रबन्धक थापा पक्राउ

सहकारीको ३ करोड रुपैयाँ ठगी गर्ने प्रबन्धक थापा पक्राउ


तनहुँ ।

भानुमति साना किसान कृषि सहकारीको झन्डै ३ करोड रुपैयाँ ठगी गरेको आरोप लागेका तनहुँको सहकारीका प्रबन्धक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका–९ सखेपमा रहेको सहकारीका प्रबन्धक ५२ वर्षीय चुत्रबहादुर थापा रहेका छन् ।

भिमाद नगरपालिका–९ कटनछाप बस्ने थापाले विभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र १३० जना सेयर सदस्यको नाममा काल्पनिक ऋण (कर्जा) जनाई रकम हिनामिना गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

थापाले संस्थाको २ करोड ६९ लाख ७१ हजार ९६६ रुपैयाँ हिनामिना गरेको भनी निजको विरुद्धमा जाहेरी दरखास्त दिएको पक्राउ गरिएको प्रनाउ खाँडले बताए ।

तनहुँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।