गरिमाको १२२औँ शाखा कीर्तिपुरमा

गरिमाको १२२औँ शाखा कीर्तिपुरमा


काठमाडौं ।

गरिमा विकास बैंकको १२२औँ शाखा काठमाडौँको कीर्तिपुरमा सञ्चालनमा आएको छ ।

विगत १६ वर्षदेखि बैंकिङ सेवा दिइरहेको बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुरमा आफ्नो शाखा विस्तार गरेको हो ।

काठमाडौँ उपत्यकाको ऐतिहासिक एवं सुन्दर सहर कीर्तिपुर व्यापारिक दृष्टिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ ।

हाल यस विकास बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङमार्फत् सरल, सुरक्षित र गुणस्तरीय बैकिंग सेवा प्रवाह गर्दै आइरहेको छ ।