११ किलो सुन प्रकरणमा थप ३ जना पक्राउ

११ किलो सुन प्रकरणमा थप ३ जना पक्राउ


काठमाडौं ।

दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एसपी नवराज अधिकारीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।