मौसमका कारण हवाई उडान प्रभावित

मौसमका कारण हवाई उडान प्रभावित


काठमाडौं ।

प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ ।

विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।

बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् ।

निरन्तरको झरीका कारण काठमाडौं लगायत देशैभरको मौसम प्रतिकूल बनेको छ । यसले उडानमा प्रभाव परेको हो ।