महेन्द्रलीलाका शिक्षकले विद्यार्थीको कानको जाली फुट्ने गरी कुटे

महेन्द्रलीलाका शिक्षकले विद्यार्थीको कानको जाली फुट्ने गरी कुटे


फाइल फोटो

काठमाडौं ।

गोरखाको एक विद्यालयका शिक्षकले विद्यार्थीको कानको जाली फुट्ने गरी कुटपिट गरेका छन् ।

शिक्षकको कुटपिटबाट ११ वर्षीय बालकको कानको जाली फुटेपछि उनको श्रवणशक्ति गुमेको छ ।

शिक्षकको कुटाइबाट गोरखाको महेन्द्रलीला माध्यमिक विद्यालय हर्मीमा कक्षा ६ मा अध्ययनरत अब्जल मियाँ (परियार)को देब्रे कानको जाली फुटेको हो ।

विद्यार्थीबीच झगडा हुँदा सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारी र ध्रुव पोखेरलको पिटाइबाट कानको जाली फुटेको पीडितको भनाइ छ ।

जिल्लाकै आँपपीपल अस्पतालमा उपचार नभएपछि चितवनको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा कानको जाँच गरेपछि अब्जलको कानको जाली फुटेको थाहा भएको हो ।

शिक्षक पोखरेलले साथीसाथी झगडा गर्दै गरेको देखेपछि आफूहरूले छुट्टयाउने काम मात्र गरेको दाबी गरे ।