विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित २ भारतीय पक्राउ

विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित २ भारतीय पक्राउ


फाइल फाेटाे

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ सय २० ग्राम सुनसहित २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार प्रहरीले विमान स्थलबाट भारतीय नागरिक २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरीलाई प्रकाउ गरेको हो ।

हिमालयन एयरको उडानद्वारा दुबईबाट काठमाडाै‌ आएका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २ सय २० ग्राम तौल भएको उक्त धातुको बाला १ थान तथा सिक्री १ थान र जबेरीलाई उक्त विमानस्थलको आगमन लिफ्ट भर्या ङमा जाँच गर्ने क्रममा उनको साथबाट १ सय ग्राम तौल भएको उक्त धातुको बाला १ थानसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको जनाइएको छ।