गैरीगाउँ हत्या प्रकरण : सञ्जयले अरु पनि हत्या गरेको दाबी गरेपछि ‘ब्रेन म्यापिङ’ गराइयो

गैरीगाउँ हत्या प्रकरण : सञ्जयले अरु पनि हत्या गरेको दाबी गरेपछि ‘ब्रेन म्यापिङ’ गराइयो


काठमाडौं ।

तिनकुने गैरीगाउँ हत्यामा संलग्न आरोपित सञ्जय भण्डारीले अन्यत्र पनि हत्या गरेको दाबी गरे पछि प्रहरीले उनको ‘ब्रेन म्यापिङ’ गराएको छ ।

हत्यामा संलग्न आरोपमा भदौ ३१ मा पक्राउ गरिएका भण्डारीले काठमाडौँमा अन्य ३ ठाउँ र सिन्धुपाल्चोकमा एक ठाउँमा हत्या गरेका जिकिर गरेपछि उनको ‘ब्रेन म्यापिङ’ गरिएको हो ।

जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा उनको ‘ब्रेन म्यापिङ’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अपराध अनुसन्धानमा ‘ब्रेन म्यापिङ’ परीक्षण नेपालमा पहिलो पटक गराइएको हो । ब्रेन म्यापिङ परीक्षणको रिपोर्ट आउन बाँकी रहेको

भण्डारीले भदौ २९ गते राति गैह्रीगाउँको सःमिलमा नवीन राई, कुमार भुजेल, सुभद्रा भुजेल र अम्बिका भुजेलको हत्या गरेको आरोप छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका सञ्जय जन्मजात नै बोल्न सक्दैन थिए ।

फरक क्षमता भएका सञ्जयलाई प्रहरीले दोभासेको सहयोगमा लेख्न लगाएर अनुसन्धान गरिरहेको छ ।