बससेवा डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला

बससेवा डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला


काठमाडौं ।

अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा दसैँको अग्रिम टिकट बुकिङ खुला भएको छ।

बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्।

साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन्। बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ। यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाइल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन्।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले बताए। उनले भने ‘विगतका वर्षहरूका तुलनामा यस वर्ष सिट संख्या धेरै रहेको छ। बससेवा मार्फत अहिले दैनिक ४० हजार भन्दा धेरै टिकट बुकिङ गर्न सक्नुहुनेछ।’

बससेवाले बससेवा मार्फत टिकट काट्ने यात्रुहरूमध्ये हरेक दिन ५ जनालाई शतप्रतिशत क्यासब्याक अफर समेत सार्वजनिक गरेको छ। बससेवाले पछिल्लो समय पृथ्वी यातायातसँग समेत सहकार्य गरेको छ।

यो सँगै पोखराबाट काठमाडौं मात्र नभएर नेपालका कुनै पनि शहरको टिकट अनलाइनबाटै काट्न सकिनेछ। बससेवाले पछिल्लो समय यात्रुहरूलाई सडकमा कुर्न झन्झट नहोस् भन्ने उदेश्यले राजधानीको कलंकीमा प्यासेन्जर लाउञ्जको समेत व्यवस्था गरेको छ।

बससेवामा करिब तीनसय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन्।