ओएसआरका सञ्चालकलाई ४ दिन हिरासतमा राख्न अनुमति, निर्देशक थापा अझै फरार

ओएसआरका सञ्चालकलाई ४ दिन हिरासतमा राख्न अनुमति, निर्देशक थापा अझै फरार


काठमाडौं।

चलचित्र ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

प्रहरीले गत शुक्रबार पक्राउ गरेर आइतबार अदालतमा उनलाई उपस्थित गराएको हो । सोही क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई चारदिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पु¥याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।