ओली बोलिरहँदा भीम रावल जिन्दाबाद भन्ने नारा लागेपछि….

ओली बोलिरहँदा भीम रावल जिन्दाबाद भन्ने नारा लागेपछि….


धनगढी ।

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीमरावल जिन्दाबाद भन्दै नारा लगाएका छन् ।

ओली बोल्ने क्रममाफ्लोरबाट भीमरावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागिले शान्त गराएका थिए ।

मञ्चमा बोल्दै गरेका ओलीले भने रावलको नाम लगेका छैनन् । नारालाई थामथुम पार्न ओलीले ‘चुप लाग्नुस् त साथीहरु’ भन्दै धम्काउने प्रयास गरेका थिए ।

त्यसपछि उनले भीम रावललाई लक्षित गर्दै गल्तीलाई क्षमागर्ने र काममा फर्काउन सकिने बताए ।

तर त्यसका लागि गल्ती गर्ने व्यक्ति सच्चिन जरुरी रहेको उनले बताए । अध्यक्ष ओलीले एमाले छोडेर झक्कीएर गएका कार्यकर्तालाई पनि एमालेमा फर्कन अपिल गरेका छन् ।