इजरायलमा रहेका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो

इजरायलमा रहेका सबै विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो


काठमाडौं ।

नेपालबाट इजरायलमा गएका सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली दूतावासको टोलीसँग सम्पर्कमा रहेका उनीहरूलाई इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ ।

इजरायलको सेनाको सहयोगमा लगभग सबै विद्यार्थीहरुलाई  सुरक्षित स्थानमा पुर्याइएको र ५० भन्दा बढी विद्यार्थीहरुलाई स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।

कृषि विषय अध्ययनसँगै काम पनि गर्नका लागि विश्वविद्यालयहरुसँग सम्झौता गरी विश्वविद्यालयहरुले जिटुजीमार्फत् विद्यार्थीहरुलाई इजरायल पठाउने गरेका छन् । ती विद्यार्थीहरुको विवरण सरकारसँग भए पनि अरु नै तरिकाले इजरायल गएकाहरुको विवरण भने छैन ।

त्यसैले विद्यार्थीहरु बाहेक इजरायलमा कति नेपालीहरु छन् र अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारी नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायलमा करिब ४ हजार ५०० नेपालीहरु रहेको अनुमान गरिएको छ ।