‘इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको छ’

‘इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको छ’


काठमाडौं ।

परराष्ट्रमन्त्री एनपी साउदले द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीको विवरण संकलन भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मंगलबार उनले २०० भन्दा बढी नागरिकको विवरण संकलन भइसकेको जानकारी दिए ।

आफूले इजरायलका राजदूतलाई बोलाएर मृतकको शव चाँडो नेपाल ल्याउन, त्यहाँ रहेका नेपालीको सुरक्षा र घाइतेको उपचारको व्यवस्था गर्ने विषयमा छलफल गरेको उनले बताए ।

“इजरायलका महामहिम राजदूतले जानकारी गराएअनुसार इजरायल युद्धमा प्रवेश गरेको, सयौँको संख्यामा इजरायलीहरू हताहत भएका, अन्य देशका नागरिकहरूको पनि मृत्यु भएको बताउनुभएको छ । साथै, उहाँले तेल अभिभस्थित विमानस्थल सुचारु रहेकोले नेपाल आउन चाहने नेपालीहरू उडानबाट नेपाल आउन सक्ने, द्वन्द्वग्रस्त अमिमि गाउँमा रहेका १७ जनाभन्दा बाहेक अन्य नेपालीहरू गम्भीर रूपमा प्रभावित नभएको जानकारी गराउनुभएको थियो,” बैठकमा उनले भने ।