प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा


काठमाडौं ।

प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले सेयर भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज २३ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका २ सय २८ कर्मचारीको एकसाथ सरुवा गरेको छ ।

मन्त्रालयले विभागमा कार्यरत २ सय २८ कर अधिकृतहरूको एकैपटक सरुवा गरेको हो । सरुवामा परेका कर्मचारीहरूमध्ये केहीको काज र केहीको नियमित सरुवा भएको छ ।