इजरायलकाे युद्धग्रस्त क्षेत्रबाट ५५ नेपालीकाे उद्धार, ३५० जनाले दिए नेपाल फर्किन आवेदन

इजरायलकाे युद्धग्रस्त क्षेत्रबाट ५५ नेपालीकाे उद्धार, ३५० जनाले दिए नेपाल फर्किन आवेदन


काठमाडौँ ।

युद्धग्रस्त इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका ५५ जना नेपाली विद्यार्थीको उद्धार गरिएको छ ।

इजरायली सुरक्षा संयन्त्र समेतको सहयोगमा उनीहरूकाे उद्धार गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हाे ।

यसैगरी इजरायलको उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई अझ सुरक्षित ठाउँमा सारिएको नेपाली राजदूतावास जनाएको छ ।

गएको शनिबार (असोज २० गते) प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा १० नेपालीको मृत्यु भएको थियो ।

३५० जनाले नेपाल फर्किन दिए आवेदन

यसैबीच, इजरायलबाट नेपाल फर्कन ३५० जनाभन्दा बढीले आवेदन दिएका छन् । स्वेदश फर्कनका लागि सुरु गरिएको अनलाइन रजिस्ट्रेसनमा ३५० भन्दा बढीको विवरण प्राप्त भएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन प्रक्रिया सुरु गरिएको छ । हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनाको स्वास्थ्य अवस्थामा सुधार भएको राजदूतावासले जनाइएको छ ।

राजदूतावासका अनुसार हराइरहेका एक नेपाली विद्यार्थीको खोजी भइरहेको छ । प्रहरी, अस्पताल लगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कूटनीतिक संयन्त्रको सहयोगमा खोजी तीव्र पारिएको छ ।

isarael-embassy-1696954813.jpg