विश्वकप क्रिकेट : एउटै खेलमा ४ शतक, पाकिस्तानको जित

विश्वकप क्रिकेट : एउटै खेलमा ४ शतक, पाकिस्तानको जित


काठमाडौं ।

विश्वकप क्रिकेटमा पाकिस्तानले श्रीलंकाकालाई ६ विकेटले हराएको छ ।

खेलका श्रीलंका र पाकिस्तानका २–२ ब्याट्सम्यानले शतक बनाएका थिए ।

तर पाकिस्तानका मोहमद रिजवान र अब्दुल सफिकले शतक बनाएपछि उसले ३४५ रनको लक्ष्य खेल सकिन १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।

ओपनर सफिकले १०३ बलमा ११३ रन बनाए भने मोहमद रिजवान १३१ रनमा नट आउट रहे । १२१ बल खेलेका रिजवानले ८ चौका र ३ छक्का हाने ।

यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकाका कुशल मेन्डिसले १२२ तथा सदिरा समराविक्रमले १०८ रन बनाएका थिए ।

मेन्डिसले मात्र ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतमा १२२ रन बनाएका हुन् । ८९ बल खेलेका सदिराले भने ११ चौका र दुई छक्का हानेका थिए ।

यी दुई तेस्रो विकेटका लागि १११ रनको साझेदारी पनि गरेका थिए ।

सदिरा ब्याटिङमा आउनुअघि मेन्डिसले ओपनर पथुम निसंकासँग दोस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए । तर पनि श्रीलंका पराजित भयो ।