राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षको कैद माग

राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षको कैद माग


काठमाडौं ।

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा काठमाण्डु जिल्ला अदालतमा मंगलबार महरासहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको हो ।

जसअनुसार राहुल महरा भन्ने रेशम महरा, बेल्जियन नागरिक दावा छिरिङ, लोकेन्द्रकुमार पौडेल र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरिएको छ । मुद्दा दर्ता भएकामध्ये निमा छिरिङ फरार छन् ।

उनीहरुविरुद्ध २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी गरिएको छ ।