इजरायलमा मारिएका नेपालीको शव तत्काल नल्याइने

इजरायलमा मारिएका नेपालीको शव तत्काल नल्याइने


काठमाडौं ।

इजरायलमा मारिएका नेपालीको शव तत्काल नआउने भएको छ ।

आक्रमणपछि मृत्यु भएका १० जना नेपालीको शव तत्काल ल्याउन नसकिने भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले शव तत्काल ल्याउन नसकिने बताएकी हुन् ।

‘शव तत्काल ल्याउन सकिदैन् । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । हामीले पहल गरिरहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन्’ उनले भनिन् ।

पहिलो चरणमा विद्यार्थीहरूको उद्धार गरिने उनको भनाई छ । इजरायल सरकारले आफ्नो प्रकृया पुरा गरेर शव हस्तान्तरण गरेपछि मात्रै आउने बताइन् ।