विद्यार्थी लिन इजरायल पुग्यो विमान, ४ बजे नेपाल फर्कने

विद्यार्थी लिन इजरायल पुग्यो विमान, ४ बजे नेपाल फर्कने


काठमाडौं ।

इजरायलमा रहेका नेपालीको उद्धारका लागि गएको नेपाल वायु सेवा निगमको जहाज इजरायलमा अवतरण गरेको छ।

परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार इजरायलको स्थानीय समयअनुसार दिउँसो १ बजेर ५५ मिनेटमा इजरायलको तेल अविवका विमानस्थलमा जहाज अवतरण गरेको हो।

जहाज दुई घन्टा होल्ड हुने छ र ३ बजेर ५५ मिनेटमा नेपाल फर्कने छ।

नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये सो जहाजमा २५० जना नेपाली फर्किने छन्।