४ जिल्लाका सिडिओ हेरफेर, बाँकेका आचार्य गृह मन्त्रालयमा तानिए

४ जिल्लाका सिडिओ हेरफेर, बाँकेका आचार्य गृह मन्त्रालयमा तानिए


काठमाडौं ।

गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्लाअधिकारी हेरफेर गरेको छ ।

२३ असोजको निर्णयअनुसार दोलखा, सर्लाही, बाँके र इलामका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर गरिएको मन्त्रालयले जनाएको छ ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको सर्लाहीमा सरुवा भएको छ । सर्लाहीमा प्रजिअ रहेका इन्द्रदेव यादवलाई भने इलामको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

इलामका प्रजिअ श्रवणकुमार पोखरेललाई भने बाँके पठाइएको छ । बाँकेमा प्रमुख जिल्ला अधिकारी रहेका विपिन आचार्यलाई भने गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहमा रहेका टुवाराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।