अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री

अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो : प्रधानमन्त्री


काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको र अब पनि बोल्ड डिसिजन नलिए झनै जटिल अवस्थामा पुग्ने बताएका हुन् ।

अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र एक ठाउँमा हुने र केन्द्रीकृत अभिव्यक्ति आवश्यक छ । आर्थिक सुधारको नयाँ आयाम सुरु गर्नका लागि सुझाव र मार्गदर्शन आवश्यक पर्ने भएकाले त्यस्तो संयन्त्र चाहिएको छ”, प्रधानमन्त्री दाहालले भने, “सुधारको प्रयास यही विन्दुबाट सुरु हुन सक्दछ । आर्थिक गतिविधि अगाडि बढ्न सक्छन् । निजी क्षेत्रले प्रस्ताव गरेको यस्तो उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ ।”