जीतपुर–सिमराका पुर्वमेयरको मृत्यु ‘रहस्यमय’

जीतपुर–सिमराका पुर्वमेयरको मृत्यु ‘रहस्यमय’


निजगढ।

जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घरमा मृत अवस्थामा फेला परेका छन् ।

नेकपा एमालेका नेतासमेत रहेका पुर्व मेयर पौडेल बिहिवार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पुर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए । उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ ।

प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो ।

एमाले मधेश प्रदेशका पूर्वसचिवसमेत रहेको पौडेलको मृत्यु रहस्यमयी देखिएको स्थानियहरूले जनाएका छन । यद्दपी, प्रहरीले सो बारेमा छानबिन गरिरहेको जनाएको छ ।