शेखरकाे प्रतिबद्धतापछि मुख्यमन्त्री कार्कीलाई प्रचण्ड र देउवाकाे पनि समर्थन

शेखरकाे प्रतिबद्धतापछि मुख्यमन्त्री कार्कीलाई प्रचण्ड र देउवाकाे पनि समर्थन


काठमाडौँ ।

काेसी प्रदेशमा बनेकाे नयाँ समीकरणकाे विषयमा नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग गठबन्धन भत्किन नदिने प्रतिबद्धता जनाएका छन् ।

यससँगै कोसी प्रदेशमा नियुक्त मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ गठबन्धनको पनि समर्थन रहने भएको छ ।

सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोसीमा एमालेको सहयोगमा सरकार बनाउन भूमिका खेलेका कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित सहमति गरेका हुन् ।

शनिबार बिहान भएको ३ नेताबिचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।

WhatsApp Image 2023-10-14 at 10.42.33_2be872ca